श्रम आप्रवासनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका चुनौती

श्रम आप्रवासनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका चुनौती

432
SHARES

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकको श्रम आप्रवासनका चुनौती, गन्तव्य देशमा कानुनी कठिनाइ, र समाधानका उपायहरूबारे छलफल हुँदैछ।

श्रम आप्रवासन प्रक्रियामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले सामना गर्ने अवरोधहरूको विश्लेषण गर्न छलफल कार्यक्रम आयोजना गर्न लागिएको मायाको पहिचान नेपालले जनाएको छ।

छलफल कार्यक्रममा श्रम आप्रवासनका गन्तव्य देशहरू (विशेष गरी अरब देशहरू) मा विभेदकारी कानुनी प्रावधान र व्यवहारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकहरूमा पर्ने प्रभावको अध्ययन गरिने र समाधानका उपायहरू पहिचान गरिनेछ।

श्रम आप्रवासनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको सुरक्षा, गरिमा, र समान अधिकार सुनिश्चित गर्नका लागि रणनीतिहरू पहिचान गरिने संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, र कानुनी विज्ञहरूबीच संवादलाई प्रोत्साहन गर्ने छलफल कार्यक्रमको उद्देश्य रहेको पन्तले बताए।

वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य विभेद र कानुनी अवरोधहरूको समाधानका लागि नीति सिफारिस गर्ने रहेको उनले बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रम आप्रवासीहरूका लागि समावेशी र अधिकारमा आधारित संरचनाहरू प्रवर्द्धन गर्ने उद्देश्य पनि छलफल कार्यक्रमको रहेको उनले जानकारी दिए।

छलफल कार्यक्रममा ७ पुस सोमबारका दिन मायाको पहिचान नेपालको कार्यालय सिंहदरबार पूर्वी गेट अगाडी हुनेछ।

सम्बन्धित समाचार :

रोजगारीमा विभेद किन?

श्रम आप्रवासन नीतिमा परे लैङ्गिक अल्पसङ्ख्यक, निःशुल्क सीप विकास तालिम प्रदान गरिने

समाचार शेयर गर्नुहोस्
432
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.