राष्ट्रपति कार्यालयमा दुई दिन होल्ड भएको अध्यादेश जारी

राष्ट्रपति कार्यालयमा दुई दिन होल्ड भएको अध्यादेश जारी

270
SHARES

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन्।

सङ्घीय संसद्को बैठक सञ्चालन नभएको अवस्थामा अध्यादेश जारी गर्न पाउने व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् अधिवेशन आव्हान गर्नुको सट्टा अध्यादेश ल्याउने निर्णय गरेको हो।

बिहीबार बेलुकी ८ बजे दर्ता भएको अध्यादेश शुक्रवार र शनिवार दुई दिन होल्ड भएको छ। राष्ट्रपति पौडेलले आइतबार मात्र अध्यादेश जारी गरे। अध्यादेश सिफारिस गर्न हतार गर्ने ओली नेतृत्वको सरकारले संसद्को हिउँदे अधिवेशन आव्हानको भने अझै सिफारिस गरेको छैन।

प्रतिनिधि सभाको चौथो अधिवेशन २०८१ साल वैशाख २८ गते मङ्गलवार प्रारम्भ भई २०८१ साल भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको थियो। चौथो अधिवेशन अन्त्य भएको चार महिना पुग्न लाग्दा समेत पाँचौँ अधिवेशन आव्हानको सिफारिस नगरेको सरकार अध्यादेश जारी गरेर संसद् छल्ने काममा लागेको छ।

ओलीको निरङ्कुश स्वभाव उजागर, संसदीय समितिमै हस्तक्षेप गर्ने तयारी

समाचार शेयर गर्नुहोस्
270
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.