बामदेवलाई माधव नेपालको पार्टी कार्यालयमा स्वागत (तस्बिरहरु)

बामदेवलाई माधव नेपालको पार्टी कार्यालयमा स्वागत (तस्बिरहरु)

241
SHARES

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेकाहरू एक ठाउँमा उभिने प्रयासमा लागेका छन्। माधव नेपाल र झलनाथ खनालको प्रयासमा बामदेव गौतम जोडिने तयारीमा छन्। भीम रावलले भने पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि जनाएका छन्।

रावलले एमाले अध्यक्ष ओलीले कुपोषणको भद्दा शैली अपनाएको आरोप समेत लगाएका छन्। ओलीलाई तानाशाहीको संज्ञा दिएका छन् रावलले। ओलीको कथित कारबाहीले निरङ्कुशताको झल्को दिएको रावलले उल्लेख गरे।

राष्ट्रिय सभाका सदस्य गौतम रावलको पत्रकार सम्मेलन चलिरहँदा नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने अन्तिम तयारीमा छन्। अध्यक्ष माधव कुमार नेपालसँग गौतमको नियमित वार्ता चलिरहेको छ।

नेकपा एमालेले वास्तै नगरेपछि गौतम एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीसँग नजिकिएका हुन्। बुधवार दिउँसो १ बज्नै लाग्दा गौतम समाजवादीको पार्टी कार्यालय पुगे। घनश्याम भुसाल भन्दा केही मिनेट मात्रै ढिलो पुगेका गौतमले नेता कार्यकर्ताको स्वागत लिए। सिँढी चढ्दै कार्यकक्ष खोज्दै उकालो लागे।

 


केहीबेरमा अध्यक्ष नेपाल पुगे। गौतमलाई पार्टी प्रवेश गराउन एकीकृत समाजवादीको नेतृत्व लागिरहेको छ। अध्यक्ष नेपालपछिको वरियतामा हाल सम्मानित नेताको पद लिएर झलनाथ खनाल छन्। अब बामदेवलाई कुन पद दिने भन्ने छलफल मात्रै बाँकी छ।

अध्यक्ष नेपाल, महासचिव भुसाल र गौतमबीच पद मिलाउनेबारे छलफल भइरहेको छ। सम्मानित पद खनालले पाइसकेकाले गौतमलाई नेपालपछिको वरियतामा राख्नेबारे पनि छलफल भइरहेको पार्टी कार्यालयका एक नेताले बताए।

समाचार शेयर गर्नुहोस्
241
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.