रेडियो दिदीबहिनीलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिने

रेडियो दिदीबहिनीलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिने

386
SHARES

काठमाडौँ : यो वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार दिदीबहिनी एफ.एफ. रेडियोलाई प्रदान गरिने भएको छ। पर्वत जिल्लामा महिलाहरुद्धारा सञ्चालित सामुदायिक दिदीबहिनी एफ.एम. रेडियो ९५.२ लाई प्रदान गर्ने निर्णय गरिएको सम्पादक समाज नेपालले जनाएको छ।

सम्पादक समाज नेपालका अनुसार संस्थागतरुपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद २५ हजार एक रुपैयाँ रहेको छ।

गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार यस वर्ष जिल्लालाई कार्यक्षेत्र बनाएका दुई जना पत्रकारलाई दिने निर्णय भएको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए।

राजधानी दैनिकका वझाङ्ग सम्वाददाता एवं नेपाल पत्रकार महासङ्घ वझाङ्गका सभापति डी.बी. विष्ट र नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यममा आबद्ध हुँदै हाल “यो समय अनलाइन”को सम्पादन गरी रहेका ध्रुव रावललाई प्रदान गर्ने निर्णय सम्पादक समाज नेपालले गरेको छ। यो पुरस्कार जनही १५ हजार एक रुपैयाँ र प्रमाणपत्र सहित प्रदान गरिने छ।

सम्पादक समाज नेपालको २०८१ पौष १७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको महासचिव डोटेलले जानकारी दिए।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सम्पादक समाज नेपालको अभिभावकत्व वहन गर्नु भएकोमा सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई ९० वर्षमा प्रवेश गर्नु भएको अवसरमा अभिनन्दन गर्ने निर्णय समेत महासचिव डोटेलले बताए।

बैठकले आगामी २०८१ माघ ५ गते शनिवार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, गोविन्द वियोगी मार्ग, सुइरेचौर, शिवपुरी—७ मा पुरस्कार, सम्मान एवं अभिनन्दन कार्यक्रम गर्ने निर्णय गरेको छ।

समाचार शेयर गर्नुहोस्
386
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.