दुलाल बन्धुहरूको वनभोजमा कलाकारहरूको जमघट हुने

दुलाल बन्धुहरूको वनभोजमा कलाकारहरूको जमघट हुने

515
SHARES

काठमाडौँ : दुलाल बन्धु सेवा समाज बागमती प्रदेश समितिले पौष २७ गते शनिवार बृहत् बन्धु भेला पुनर्मिलन तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

बागमती प्रदेश सचिव तथा प्रचारप्रसार संयोजक अर्जुन प्रसाद दुलालले वनभोज कार्यक्रम सहिद पार्क, कपुर बाटिका जगडोल गोकर्ण काठमाडौँमा हुने जानकारी दिए।

कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ। कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा गोविन्द दुलाल, प्रचार प्रसार उपसमितिमा अर्जुन प्रसाद दुलाल, अतिथि व्यवस्थापनमा निल प्रसाद दुलाल, आर्थिक व्यवस्थापन उपसमितिमा गोविन्द दुलाल र सुदन दुलाल, यातायात व्यवस्थापन उपसमितिमा रिता दुलाल संयोजक रहेका छन्।

उपसमिति गठन गरी विभिन्न जिम्मेवारी दिइएको समाजका महासचिव गोविन्द दुलालले जानकारी दिए। उनका अनुसार साङ्गतिक कार्यक्रम तथा वनभोज कार्यक्रममा ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुतीकरण रहने छ।

जसमा घमेश दुलाल, सुनिता दुलाल, सम्पदा दुलाल, श्रेया दुलाल, सिम्रन दुलाल, सिता दुलाल, देवी दुलाल, रमेश दुलाल (कागे), सुन्तली दुलाल, कल्पना दुलाल, बिन्दा दुलाल लगायत विभिन्न बिदाका ख्याति प्राप्त कलाकारहरूको उपस्थितिमा साङ्गीतिक कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा बागमती प्रदेश अध्यक्ष जयराम दुलालले जानकारी दिए।

वनभोज कार्यक्रममा बागमती प्रदेशका सबै जिल्ला र राजधानी काठमाडौँमा बसोबास गर्ने सबै बन्धुको सहभागिता रहने संयोजक दुलालले बताए। कार्यक्रममा ८ वर्ष मुनि र ७५ वर्ष माथिका लागी निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको बन्धु समाजका कोषाध्यक्ष सुदन दुलालले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
515
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.