निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दुलाल बन्धुहरूको वनभोजमा कलाकारको बेजोड प्रस्तुति

दुलाल बन्धुहरूको वनभोजमा कलाकारको बेजोड प्रस्तुति

363
SHARES

काठमाडौँ : दुलाल बन्धु सेवा समाज बागमती प्रदेश समितिले शनिवार बृहत् बन्धु भेला पुनर्मिलन तथा वनभोज कार्यक्रम आयोजना गरेको छ।

सहिद पार्क, कपुर बाटिका जगडोल गोकर्ण काठमाडौँमा आयोजना भएको वनभोज कार्यक्रममा चर्चित कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिए।

ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुति वनभोजको आकर्षण थियो। बन्धुहरूको वनभोजमा घमेश दुलाल, सुनिता दुलाल, कलाकार गायक धनराम मुस्कान, लेखक निर्देशक कलाकार प्रदीप सिं थापा, सरोज लामिछाने, राजेश ढकाल, कलाकार बद्री पुडासैनी, कलाकार लेखक निर्देशक गायक गोविन्द दुलाल, गायक शरण हुमागाईँ, गायिका देवी दुलाल, कलाकार सम्पदा दुलाल, कलाकार सुशीला दुलाल (श्रेया), गायिका सुन्तली दुलाल,डान्सर सुकु मगर लगायतको प्रस्तुति थियो।

सुरुवाती प्रस्तुति सुनिता दुलालले दिएकी थिइन। कलाकारहरूलाई दुलाल बन्धु सेवा समाज बागमती प्रदेश अध्यक्ष जयराम दुलाल सहितको कार्यसमितिले सम्मान पनि गरेको वनभोज कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजक गोविन्द दुलालले जानकारी दिए।

प्रचार प्रसार उपसमितिमा अर्जुन प्रसाद दुलाल, अतिथि व्यवस्थापनमा निल प्रसाद दुलाल, आर्थिक व्यवस्थापन उपसमितिमा गोविन्द दुलाल र सुदन दुलाल, यातायात व्यवस्थापन उपसमितिमा रिता दुलाल संयोजक थिए।

वनभोज कार्यक्रममा बागमती प्रदेशका सबै जिल्ला र राजधानी काठमाडौँमा बसोबास गर्ने सबै बन्धुको सहभागिता रहेकाले उत्साहित बनाएको संयोजक दुलालले बताए।

समाचार शेयर गर्नुहोस्
363
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.