संविधान संशोधनमा मधेसकेन्द्रित दलहरूको मोर्चाबन्दी

संविधान संशोधनमा मधेसकेन्द्रित दलहरूको मोर्चाबन्दी

252
SHARES
फाइल तस्बिर

काठमाडौं : विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सीमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका छन्।

संविधान संशोधनबारे साझा धारणा बनाउन केही दलहरूले वार्ता समिति समेत गठन गरेका छन्। दलहरूले गठन गरेको वार्ता समितिले संविधान संशोधनको मुद्दामा एक ठाउँमा उभिने सहमति गरेका छन्।

मधेसवादी दलहरूले गठन गरेको कार्यदलको बैठकले मधेसका मुद्दाहरू सशक्त रूपमा अगाडि बढाउने सहमति गरेको छ। जनमत पार्टीका प्रवक्ता शरद यादवले छलफलको सुरुवात भएको र संवादलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए।

मङ्गलवार बसेको बैठकले मोर्चालाई निरन्तरता दिँदै संविधान संशोधन लगायत मधेसको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।

बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, तमलोपालगायत दलका नेताहरूका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए। उनले सीमान्तकृतको मुद्दालाई ओझेलमा पार्न खोजेकाले एक ठाउँमा आएको बताए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुरानै अवस्थामा फर्काउन संवादको थालनी भएको बताए।

समाचार शेयर गर्नुहोस्
252
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.