संसद्को हिउँदे अधिवेशन आव्हान, विपक्षी दलहरू अलमलमा

संसद्को हिउँदे अधिवेशन आव्हान, विपक्षी दलहरू अलमलमा

343
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेका छन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रवार दिउँसो १ बजे संसद्को हिउँदे अधिवेशन आव्हान गरेका हुन्। वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

प्रतिपक्ष दलहरूको दबाबमा सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरे पनि विपक्षी दलहरू भने अझै बैठकमा उठाउने एजेन्डाबारे अलमलमा छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा कुनै तयारी गरेको छैन यसका लागि अब छिट्टै संसदीय दलको बैठक बसेर ठोस निर्णय लिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि संसद्को बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न सकेको छैन। सरकारको कामकारबाही बारे पटक–पटक मुल्याङकन गरे पनि सदनमा प्रस्तुत हुने विषयमा छिट्टै निर्णय गर्ने कार्यवाहकमाथि नै कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएकी प्रतिभा रावलले बताइन।

संसद् बैठकमा सिट व्यवस्थापनदेखि लिएर प्राविधिक जाँचको प्रक्रिया चलिरहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

पहिलो बैठकमै सरकारले ल्याएका विभिन्न ६ ओटा अध्यादेशहरू पेस गर्ने तयारी भइरहेको सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले जानकारी दिए। यी अध्यादेशहरू बैठक बसेको दुई महिनाभित्र टुङ्गो लगाउनुपर्ने कानुनी बाध्यता रहेको उनले बताए।

प्रतिनिधिसभातर्फ १५ तथा राष्ट्रिय सभातर्फ ४ सहित १९ ओटा विधेयकहरू अहिले विचाराधीन अवस्थामा रहेका छन्। जसमध्ये पानी जहाज र विद्युतीय ज्ञान प्रयोगशाला सम्बन्धी दुई ओटा नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
343
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.