देउवाको नेतृत्वमा चुनाव हुन्छ : उपप्रधानमन्त्री सिंह

देउवाको नेतृत्वमा चुनाव हुन्छ : उपप्रधानमन्त्री सिंह

289
SHARES

बागलुङ : उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्त्वहरू नेपाली काँग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन्।

मङ्गलवार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए।

विगतमा जनताको गुमेको अधिकार नेपाली काँग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकताबद्ध काँग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए।

उनले अहिले काँग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको सुनाए।

सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै काँग्रेस( एमालेबीच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे। ‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्। स्थिर सरकार बनोस् भन्ने चनचाहना अनुरूपनै वर्तमान सरकार बनेको हो,’काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने,‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ। सहमतिअनुसार नै काँग्रेस सभापति ‌शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ।’

उनले काँग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए।

बागलुङमा रहँदा सिंह बुधवार बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागी हुनेछन् भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरीक्षण गर्ने उनको निजी सचिवालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
289
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.