नेपाली र चिनियाँ संस्कृति झल्काउने वृत्तचित्र प्रदर्शन

नेपाली र चिनियाँ संस्कृति झल्काउने वृत्तचित्र प्रदर्शन

295
SHARES

काठमाडौं : काठमाडौँको दरबार हाइस्कूलमा नेपाल-चीन मैत्री सम्बन्ध प्रकट हुने वृत्तचित्र प्रदर्शन भएको छ। २०७२ को विनाशकारी भूकम्पपछि ध्वस्त भएको दरबार हाईस्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो।

नेपाल र चीनका सांस्कृतिक सम्पदा झल्किने चिनियाँ बौद्धगुफा र नेपालको बौद्धनाथ, एकसिङ्गे गैँडा र चीनको पान्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तु, हजार वर्ष अगाडिको सिल्क रोडदेखि बुद्ध ज्ञानीहरुबीचको कुराकानीमा एआई प्रविधिको प्रयोग गरेर वृत्तचित्र बनेको छ।

वृत्तचित्रमा नेपाल, तिब्बत, र चिनियाँ सीमामा रहेका हिमालदेखि तिब्बतमा रहेका भिक्षुहरूको जीवनशैली, नेपाल-चीन सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथा पनि समेटिएको छ।

शिक्षक र विद्यार्थीहरूले चीनबाट ल्याइएका वृत्तचित्रहरू हेरेपछि चीनबारे थाहा नपाइएका धेरै कुरा जान्ने अवसर मिलेको प्रतिक्रिया दिए।

दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले वृत्तचित्रबाट नेपालको उत्तरी छिमेकी चीनको शिक्षा, संस्कृति, कला विज्ञान र विकसित चीनको पूर्वाधार पनि देख्न र बुझ्न सहयोग पुगेको बताए।

चाइना मिडिया ग्रुप नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले यस प्रकारका कार्यक्रमले चीन नेपालबीचको परम्परागत नाता र निकटता बुझ्न सहज हुने बताए।

कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइएको थियो। चीनमा यतिखेर सर्प वर्षको बिदा चलिरहेको छ।

समाचार शेयर गर्नुहोस्
295
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.