निलम्बित सचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार

निलम्बित सचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार

372
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो।

पाण्डेकी पत्नी मञ्जु पाण्डेले दायर गरेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले माग बमोजिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

मञ्जुले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन।। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो।

उक्त आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए। खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएपनि पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो।

समाचार शेयर गर्नुहोस्
372
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.