काभ्रे : क्यान्सर पीडित भोज बहादुर तिमल्सिनाको उपचारका लागि अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर सङ्घले आर्थिक सहयोगको अपिल गरेको छ।
सङ्घका केन्द्रीय सदस्य तथा हायात रेजेन्सि होटेल एकाइ कमिटीका पूर्व कोषाध्यक्ष काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका २ पाट्नेखोला हाल गेल्ढुङ घर भएका ४२ वर्षका तिमल्सिनाको उपचारका लागि सहयोग गर्न अपिल गरेको हो।
परिवारको अवस्था आर्थिक अवस्था कमजोर रहेकाले उपचार सम्भव गराउन तथा भोजबहादुरलाई क्यान्सरबाट बचाउन तत्काल जम्मा गर्नु पर्ने रकम अभाव भएकाले परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन्।
तिमल्सिनाको उपचारको लागि सहयोग गर्न चाहने जोसुकैले ९८४१६९४६०१ सम्पर्क गरेर वा ग्लोबल आईएमई बैङ्कको १२२०७०१०००१७३८ खाता नम्बर वा उनकी छोरी लक्ष्मिना तिमल्सिनाको ग्लोबल आईएमई बैङ्कको खाता नम्बर १२२०७०१०००३६३७ मा रकम पठाई सहयोग गर्न अनुरोध गरिएको छ।
तिमल्सिना २०७५ पौष २२ गते घरबाट होटेल हायात जाने क्रममा काठमाडौँको सिनामंगलमा मालवाहक ट्रकसँग उनी सवार मोटरसाइकल ठोक्किँदा दुवै खुट्टा, बायाँ हात तथा कम्मरको हड्डी भाँचिएको थियो। लामो समयको उपचार पछि घरमा आराम गरिरहेका उनको उपचारकै क्रममा २०७९ साउन २६ गते ब्लड क्यान्सर देखिएको थियो।
भोजबहादुरको उपचारमा २० लाख रुपैयाँ खर्च भइसकेको र क्यान्सरसँगको उपचारका क्रममा १० लाख भन्दा धेरै खर्च भइसकेको उनका भतिज केदारबहादुर तिमल्सिनाले बताए।
पाटन अस्पतालमा उपचार गराइरहेका भोजबहादुरको थप उपचारका लागि ४० लाख रुपैयाँ तत्काल जम्मा गर्नु पर्ने चिकित्सकको परामर्श पछि उनको उपचार असम्भव जस्तै देखिएको छ।
बेथान्चोक गाउँपालिकाले पनि उनको उपचारका लागि जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिहरुले सहयोग गरिरहेका छन् भने सहयोग जुटाउने अभियानमा समेत कृयाशिल भएका छन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.