खानेपानीको पाइप फुट्दा अदालत जलमग्न, चार इजलास सञ्चालन नहुने

खानेपानीको पाइप फुट्दा अदालत जलमग्न, चार इजलास सञ्चालन नहुने

264
SHARES

काठमाडौँ : बुधवार दिउँसो बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहलमा खोलै बगेको छ। नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको छ।

पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएपछि सवारी साधन आवतजावतमा रोक लगाइएको छ। वन परिसर, काठमाडौँ जिल्ला अदालत, विशेष अदालतसहित स्थानीयका घरमा पानी पसेको छ।

काठमाडौँ जिल्ला अदालतले सूचना निकालेर मेलम्ची खानेपानीको पाइप फुटी अदालतको दोस्रो भवनमा पानी पसेको उल्लेख गरेको छ। दोस्रो भवनको भुइँतल्लामा रहेको २६,२७,२८ र २९ नं. फाँटमा क्षति पुगेको अदालतले जनाएको छ।

यी फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेशी तथा इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने जानकारी काठमाडौँ जिल्ला अदालतले दिएको छ।

प्राधिकरणको हेलचेक्र्याइँ मेलम्चीको पाइप फुटेको आरोप खानेपानी मन्त्रालयले लगाएको छ। एकातिर बनाउँदा अर्को तिर भत्कने पुरानै रोग बबरमहलमा देखिएको छ। अहिले त्यस क्षेत्रको पानी वितरण बन्द गरिएको छ। विद्युत् आपूर्ति पनि बन्द गरिएको छ।

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.