महाशिवरात्रिको अवसरमा नेपाल मानव धर्म सेवा समितिको रक्तदान

महाशिवरात्रिको अवसरमा नेपाल मानव धर्म सेवा समितिको रक्तदान

370
SHARES

काठमाडौँ : नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन्। हिन्दु धर्मावलम्बिहरुको महान चाड महाशिवरात्रिको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम हिमाल वर्ल्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न भएको समितिले जनाएको छ।

रक्तदान जीवन दान, आत्मज्ञान अति महान भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधैँ रक्तदान गर्न तयार रहेको बताइन। “रगतको अभाव अरू कुनै पनि कुराले पुरा गर्न सक्दैन,उनले भनिन्,त्यसै खेर जाने रगत दिँदा कसैको जीवन बचाउन सकिन्छ भने किन नदिने?”

हिमाल हस्पिटलकी ल्याब टेक्नोलोजिष्ट निशा भण्डारीका अनुसार अरू संस्थामा भन्दा मानव धर्ममा भएको रक्तदान कार्यक्रममा उत्साहजनक सङ्कलन भएको छ। उनले भनिन्, “अन्त सङ्कलनका लागि जाँदा पुरुषको सङ्ख्या बढी हुने गरेको तर यहाँ भने महिलाहरू नै स्वः स्फूर्त रूपमा आएको देखेर खुसी लाग्छ।”

भण्डारीका अनुसार समितिमा सबै शाकाहारी भएको र अल्कोहलका कारण रिजेक्सन नभएका कारण पनि सङ्कलन राम्रो हुने गरेको छ।

२० पटक रक्तदान गरिसकेका कुमार ओझाका अनुसार सुरुमा आफूले दिएको रगतले एउटी सुत्केरी महिलालाई बचाउन सकेको र उहाँले पाउनुभएको पुर्नजीवनले परिवारमा ल्याएको खुसीले आफूलाई सधैभरी रक्तदान गर्न प्रेरणा दिएको बताए।

समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गदै आइरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
370
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.