तीनकुने घटना गम्भीर अपराध, कारबाही गर्न माग

तीनकुने घटना गम्भीर अपराध, कारबाही गर्न माग

600
SHARES

काठमाडौँ : मायाको पहिचान नेपालले काठमाडौँ तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटना, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, लुटपाट, पत्रकार तथा सर्वसाधारणमाथिको आक्रमण गम्भीर अपराध भएको बताएको छ।

मायाको पहिचान नेपालले विज्ञप्ति निकालेर,’पत्रकार सुरेश रजक र सर्वसाधारण नागरिक सविन महर्जनको बर्बर हत्या लोकतन्त्र र कानुनी शासनमाथि अक्षम्य प्रहार हो,’भनेको छ।

अपराधी समूहहरूसँगै राज्य र सुरक्षाकर्मीको लापरबाहीले यस्तो स्थिति सिर्जना गरेको मायाको पहिचान नेपालले उल्लेख गरेको छ। ‘प्रहरी प्रशासनले संयम गुमाउँदै प्रदर्शनकारीमाथि अनावश्यक अश्रु ग्यास प्रहार गरेको, र घाँटीमा गोली हानेर नागरिक सविन महर्जनको हत्या पूर्णतः अमानवीय र अस्वीकार्य छ,’विज्ञप्तिमा उल्लेख छ।

मायाको पहिचान नेपालले घटनाको गहिरो छानबिन गर्न, अपराधीहरू सबैलाई कानुनको कठघरामा ल्याउन, पीडितलाई न्याय दिलाउन, र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरेको छ।

मायाको पहिचान नेपालले सबै नागरिकलाई संयम अपनाउन, लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न, र कानुनी शासन बलियो बनाउन अपिल पनि गरेको छ।

समाचार शेयर गर्नुहोस्
600
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.