अङ्ग्रेज युद्धमा विजय हासिल गरेको ऐतिहासिक स्थलसम्म पदयात्रा (तस्बिरहरू)

अङ्ग्रेज युद्धमा विजय हासिल गरेको ऐतिहासिक स्थलसम्म पदयात्रा (तस्बिरहरू)

480
SHARES

काठमाडौँ : वि.सं. १८७१-७२ को नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको ऐतिहासिक जितगढी स्थलसम्म पदयात्रा सम्पन्न भएको छ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रा तनहुँ, स्याङ्जा, पाल्पा हुँदै ११औँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर सम्पन्न भएको सेनाले जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जितगढीमा स्थानीय झाँकी लगायत विविध सांस्कृतिक कार्यक्रमहरू सहित विजय उत्सव मनाइएको छ।

नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डासहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली पदयात्रामा सहभागी थिए। पदयात्राको दुरी करिब २०७ कि.मि. रहेको नेपाली सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

पदयात्रा समापन कार्यक्रमका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास जगेर्नाको लागि नेपाली सेनाको सहकार्यमा सञ्चालन गरिएको गोरखा(जितगढी पदयात्रा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तस्बिरहरू : नेपाली सेना

समाचार शेयर गर्नुहोस्
480
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.