पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

कालिकोटमा ट्याक्टर पल्टिदा ४ जनाको ज्यान गयो

463
SHARES
तस्बिर : राष्ट्रिय समाचार समिति

काठमाडौं : ताप्लेजुङ र कालिकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चार जनाको सनाखत भएको छ।

जिपमा करेन्ट लाग्दा ललितपुर महानगरपालिका १० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। जिपका चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको छ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।

यस्तै कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिका–९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता– २ लार्फा गाउँ नजिक आइतबार राति ११ बजे दुर्घटना भएको हो।

दुर्घटनामा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का ३८ वर्षका सदु बुढा, वर्ष २३ रवीन्द्र विक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको छ।

राति भीरबाट ट्याक्टर खसेको र बिहान मात्र शवहरू सङ्कलन गरिएको प्रहरीले जनाएको छ। खाद्यान्न लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
463
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.