निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘शक्ति प्रदर्शनले शान्ति ल्याउन सकिँदैन’

‘शक्ति प्रदर्शनले शान्ति ल्याउन सकिँदैन’

320
SHARES

काठमाडौं : नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रम सहित २५६९ औ बुद्धजयन्ती सम्पन्न गरेको छ। समितिले बृहत् शान्ति र्‍याली, सत्सङ्ग समारोह, बुद्धको जीवनीमा आधारित नाटक तथा विविध सांस्कृतिक कार्यक्रम सहित बुद्धजयन्ती समापन गरेको जनाएको छ।

सत्सङ्ग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आफू शान्तिमय जीवन जिउनु पर्ने र अरूलाई पनि शान्तिले जीवन जिउने वातावरण बनाउनु पर्ने बताइन। घरमा एक जनाको मन अशान्त हुने बित्तिकै सबैतिर अशान्ति फैलिने कुरामा जोड दिँदै उनले घरलाई मन्दिर बनाउन सबै सदस्यको भूमिका रहेको प्रस्ट्याइन। यसका लागि दिमाग र मन दुवैले एकै भएर काम गर्नुपर्ने उनको छ।

शुद्धोदनले बाण हानेर हाँसलाई घाइते बनाएको र सिद्धार्थले बचाएको प्रसङ्गलाई राख्दै सबैमा भगवान् बुद्धको जस्तो करुणा, दया, सम्मान हुनुपर्ने अनि मात्र सबैमा भाइचाराको विकास हुने पनि चमेली वाईजीको विश्वास रहेको छ।

मानिस स्वयम् नै शान्तिको खजाना भएको तर बाहिरी आँखाले यसलाई चिन्न नसकिने बताउँदै आफूमा भएको शक्तिलाई चिन्न आँखा बन्द गरेर आफूभित्रै फर्किन पनि उनले सबैलाई आग्रह गरिन।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नजिकको तीर्थ हेला भनेको जस्तै भगवान् बुद्धलाई वास्ता नगरेको बताए। विश्वका मानिसहरू भगवान् बुद्धले दिएको ज्ञानलाई खोजी गरेर हिँडिरहेको बेला नेपालीहरू भने अन्य बाटोमा लाग्नु दुःखको कुरा रहेको उनले बताए।

शक्ति प्रदर्शनले कहिल्यै पनि शान्ति ल्याउन नसक्ने बताउँदै उनले भने, “भर्खरै भारत र पाकिस्तानवीचको द्वन्द्वले हामीलाई पनि असुरक्षाको वातावरण सृजना गरेको थियो। तर जसै युद्ध रोकियो हामीले पनि शान्तिको श्वास फेरेका छौँ।”

कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकै वरिष्ठ महात्मा लता वाईजीले संसारमा जन्म लिएका सबैको मृत्यु हुने भएकाले के कुराले हामीलाई जीवित राखेको छ त्यसलाई बुझ्नु पर्नेमा जोड दिइन। अहिले देश लथालिङ्ग भइरहेको, देश रोइरहेको कुरालाई जोड दिँदै सबै मिलेर देशमा शान्ति ल्याउनु पर्ने र यसका लागि अध्यात्म मात्र एउटा साधन भएको पनि प्रस्ट पारिन।

समय समयमा यस धर्तीमा आएका महान् पुरुषहरूले शान्तिको सन्देश दिइरहेको र कलियुगमा पनि शान्तिको सन्देश दिन महापुरुषको जन्म भइसकेकोले उहाँलाई खोजी गर्न र चिन्न पनि उनले सबैलाई आग्रह गरिन।

समाचार शेयर गर्नुहोस्
320
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.