गभर्नर नियुक्तिको अल्झनले सङ्कटमा गठबन्धन

गभर्नर नियुक्तिको अल्झनले सङ्कटमा गठबन्धन

2k
SHARES

काठमाडौं : सरकारको काममा सांसदहरूको प्रश्नले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई गम्भीर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको काम प्रति सांसदहरूले असन्तुष्टि जनाउँदा देउवा गम्भीर भए। प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा ओली पनि दुख पाएको व्यक्ति भनेका थिए देउवाले।

समावेशी समानुपातिकले गर्दा बहुमत कुनै पार्टीको हुने सम्भावना नदेखेको देउवाले बताए। ‘कसै न कसैसँग कोलिशन सरकार बनाउनु पर्ने आवश्यकता र बाध्यता छ,एमालेसँगको सरकारबारे देउवाले भने,’ओलीजी पनि दुख पाएको व्यक्ति हो। हामीसँगै जेलमा बसेका थियौँ।’

तर, काँग्रेस संसदीय दलको बैठकमा भने देउवा गम्भीर बने। गभर्नर नियुक्तिमा काँग्रेसले नाम प्रस्ताव गरे पनि नियुक्तिको निर्णय भएको छैन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको ३ सदस्यीय समिति गठन गर्ने निर्णय गर्छ,काँग्रेसले प्रस्ताव गरेको नाम मन्त्रिपरिषद्मा पुग्दैन।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्ट राजीनामा स्वीकृत नहुँदा गभर्नर बन्न पाएनन्। काँग्रेसले दिएको नाम सिफारिस समितिमा छलफल नै हुँदैन।

पूर्वगभर्नर विजय नाथ भट्टराईले पहिलो समितिको सदस्यबाट राजीनामा दिए। दोस्रो समितिबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेलले राजीनामा दिए।

तेस्रो समितिले नाम सिफारिस गरिसकेको छैन। गभर्नर नियुक्ति हुनु नसक्नुको कारण सोधेँ देउवालाई पार्टीको सांसदहरूले। गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली नै अनिच्छुक देखिएको सांसदहरूले देउवालाई सुनाए। तर, देउवाले निर्णय सुनाएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि १४ महिनापछि किस्तीमा राखेर देउवालाई हस्तान्तरण गर्ने भनेका थिए। ‘पटकपटक गरेर पाँच पटक प्रधानमन्त्री हुनुभयो,उहाँलाई जुर्छ क्या,’ओलीले भने,’अब १४ महिना पछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा धूमधामसँग हस्तान्तरण गर्छु। उहाँले फेरी प्लानिङ कमिसनमा मौका पाउनुहुन्छ।’

सत्तारुढ काँग्रेसका सांसदहरूले ओलीसँग विश्वास नगर्न देउवालाई सुझाव दिए। नाम दिनु भन्ने, दिए पछि मन्त्रिपरिषद्मा ल्याउन नदिने ओलीसँग विश्वास गर्दा धोका पाउनेतर्फ सांसदहरूले सचेत गराए। सांसदहरूको असन्तुष्टिमा देउवा गभर्नर नपाए गठबन्धन तोड्नु पर्नेसम्मको विकल्पमा गम्भीर बने। देउवाले लामो पनि बोले। काम अब थाहा हुने काँग्रेस सांसद कान्छारामा तामाङ बताउँछन्।

तर, माओवादीसँग गठबन्धन गरेर जाने विषयमा छलफल नभएको काँग्रेसले बताएको छ। संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको कुनै योजना नरहेको सुनाए।

पार्टी सभापति देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको फोन संवाद र जनार्दन शर्मासँगको भेटका विषयलाई सामान्य अर्थमा लिन उनले आग्रह गरे।

सांसद कान्छाराम तामाङले पार्टी सभापति देउवाको इमानदारिताले केपी ओली प्रधानमन्त्री भएको सुनाए। प्रचण्डले चकचक गरेपछि माओवादीसँगको गठबन्धन ताडेको उनले बताए।

बैठकमा सांसद माया राई र मोहन बस्नेतका विषयमा पनि सांसदहरूले बोलेका छन्। सहकारी ठगी प्रकरणमा हिरासत बसाइपछि सांसद राई बैठकमा सहभागी भएकी थिइन। बैठकमा हिरासत बसाई सम्झिँदै भक्कानिएकी राईले पार्टीबाट सहयोग नपाएको गुनासो गरिन्।

देउवाले राजनीति गर्नेक्रममा आफू पनि जेल बसेरै आएको विगत सुनाए। यो विषयलाई ठुलो अर्थका रूपमा नहेर्न सुझाव दिए। टेरामक्स प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि निलम्बनमा परेका मोहन बहादुर बस्नेतका विषयमा काँग्रेसले तत्काल मुख नखोल्ने प्रमुख सचेतक घिमिरेले बताए।

बैठकमा अधिकांश सांसदहरूले समान ढङ्गले बजेट वितरण गर्न माग गरे। गभर्नर नियुक्तिमा ढिलो भएकोबारे कुरा राखेको काँग्रेस सांसद हृदयराम थानीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.