आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति

आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति

420
SHARES

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन्।

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औँ लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रवार शीतल निवासमा सम्बोधन गर्दै उनले भने,“मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ।”

त्यसको लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।

यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाई थियो।

“बौद्ध तीर्थस्थलहरूको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने।

उनले यस यात्राबाट फर्किएका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र गर्नुभएको छैन, नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आउनु भएको विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान सराहनीय रहेको उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्
420
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.