काभ्रेको सेल्फीडाँडामा स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु, स्थानीय आक्रोशित

काभ्रेको सेल्फीडाँडामा स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु, स्थानीय आक्रोशित

522
SHARES
साङ्केतिक तस्बिर

काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सेल्फीडाँडामा मङ्गलवार बेलुकी ७ः३० बजे तिर स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार २२ वर्षीय विजय तामाङ र २३ वर्षीय पासाङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार बिपी राजमार्गमा सगुन विद्यामन्दिरको बा ४ ख ७१ नम्बरको बसले बा ७१ प ६८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए।

मृतक दुवै जना नमोबुद्ध नगरपालिका–२ लाकुरीबोटका स्थायी बासिन्दा हुन्। उनीहरूको मृत्युको खबरले गाउँ शोकमा डुबेको छ भने परिवारमा गहिरो पीडा छाएको छ।

स्थानीयवासीले परिवारलाई जानकारी नदिई घटनास्थलबाट शव उठाएको आरोप लगाएका छन्। दुर्घटनापछि आक्रोशित स्थानीयले बुच्चाकोटस्थित बिपी राजमार्ग अवरुद्ध गरेका छन्।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.