जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

392
SHARES
जन्मदिनमा न्यानो काखमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग। तस्बिर : मानबहादुर

कालीकोट — सामान्यतया सहर होस् या बजार-गाउँ होस् या घर आफ्नो जन्मदिन मनाउँदा विशेष गरी केक काटेर साथीभाइसँग रमाइलो गर्ने र भोज भतेर गर्ने परम्परा अहिले पनि कायमै छ। तर, कालीकोटका युवा व्यवसायी पवन बमले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग मनाएका छन्।

बमले शुक्रवार आफ्नो जन्मदिनको अवसरमा कालीकाेटकाे सदरमुकाम मान्ममा रहेको न्यानो काख सेवा समाजमा रहेका अनाथ तथा असहाय बालबालिकाहरूलाई चामल, दाल, तरकारी, तेल लगायतका खाद्यान्न सामग्री सहयोग गर्दै जन्मदिन मनाएका हुन्।

सहयोगी भावना राख्दै जन्मदिनमा हुने फजुल खर्च कटौती गरेर न्यानो काखमा रहेका अनाथ बालबालिकाहरूका लागि १२ हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको बमले बताए।

जन्मदिन मनाउँदा केक काट्ने भन्दा पनि सहयोग गरेर मनाउन सके त्यो दिन सार्थक हुन्छ,’बमले भने। सानो सहयोगले नै कसैको मुहारमा खुसी देख्न पाइन्छ भने त्यो भन्दा धेरै खुसी र ठुलो उपहार अरू केही हुन नसक्ने उनको भनाइ थियो।

खाद्यान्न सामग्री पाएपछि बालबालिका खुसी भएका छन्। न्यानो काखमा अहिले १३ जना अनाथ बालबालिका आवासीय सुविधासहित स्थानीय बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन्।

समाचार शेयर गर्नुहोस्
392
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.