काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

847
SHARES

काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्धकाे आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको आदेश अनुसार, सोमबार १२:३० बजेदेखि राति १० बजेसम्म काठमाडौं महानगरपालिकाभित्र चार किल्ला क्षेत्रहरूमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउमा पूर्ण रोक लगाइएको छ।

बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनतालाई सो आदेश पालना गर्न आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
847
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.