जेनजी आन्दोलन : घाइतेको उपचारमा १ अर्ब खर्च हुने अनुमान

जेनजी आन्दोलन : घाइतेको उपचारमा १ अर्ब खर्च हुने अनुमान

517
SHARES

काठमाडौँ – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये अझै १२ जनाको उपचार जारी छ। सरकारी रेकर्ड अनुसार, आन्दोलनमा जम्मा २ हजार ५७१ जना घाइते भएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेमध्ये १२ जनाको उपचार अहिले पनि भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा २, केएमसीमा २, त्रिवि शिक्षण अस्पतालमा २ र स्पाइनल इन्जुरी सेन्टरमा २ जना उपचारत छन्।

जेनजी आन्दोलन, जसको मुख्य माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गराउने मुख्य थियो। आन्दोलनमा झडप र गोलीकाण्ड समेत भए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेको उपचारमा एम्बुलेन्स र हेलिकप्टरको प्रयोगसहित करिब एक खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये सरकारले ३ जना प्रहरी सहित ४५ जनालाई सहिद घोषणा गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
517
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.