चुनावी अभियानमा मार्क्सवाद अध्ययन

चुनावी अभियानमा मार्क्सवाद अध्ययन

374
SHARES

गुल्मी – गुल्मीको क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टीले चुनाव प्रचारसँगै मार्क्सवादी कक्षाहरू सञ्चालन गरेको छ। विभिन्न टोलमा आयोजित अध्ययन–बैठकमा नेपाली कम्युनिस्ट पार्टीले रेड बुक दिवस मनाउँदै मार्क्सवादी कक्षाहरू चलाएको हो। 

चुनावी अभियानलाई वैचारिक बहससँग जोड्नु नै दीर्घकालीन आन्दोलन सुदृढीकरणको आधार भएकोले कक्षाहरू चलाइएको नेकपाले जनाएको छ। 

नेकपाका केन्द्रीय सदस्य प्रमेश पोखरेल अनुसार स्थानीय स्तरमा रेड बुक वितरण, सामूहिक अध्ययन र घरदैलो संवादमार्फत पार्टीले “भोटसँगै विचार” अभियान अघि बढाइएकाे छ। 

पोखरेलले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक निरन्तरता, संगठनात्मक अनुशासन र वर्गीय स्पष्टताको आवश्यकता औंल्याउँदै निर्वाचनलाई जनसंगठन विस्तार गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए।’यो वैचारिक र रणनीतिक कुरा हो। यसको प्रभावपछि देखिनेछ’पोखरेलले भने। 

समाचार शेयर गर्नुहोस्
374
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.