प्रतिनिधिसभा निर्वाचन परिणाम, रास्वपा र कांग्रेसले खोले खाता

प्रतिनिधिसभा निर्वाचन परिणाम, रास्वपा र कांग्रेसले खोले खाता

283
SHARES

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनको परिणाम घोषणा हुन थालेको छ। मतगणना सम्पन्न भएका दुई निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना निर्वाचित भएकी छन्। दर्शना निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खाता खोलेको छ। उनी १५ हजार ४५५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।

मुस्ताङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन्। थकाली निर्वाचित भएसँगै नेपाली कांग्रेसले पनि खाता खोलेको छ। उनले ३ हजार ३०७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

रास्वपाबाट निर्वाचित रञ्जु दर्शना ३० वर्षकी हुन् भने थकाली ३२ वर्षका छन्। काठमाडौँ १ मा उम्मेदवार रहेका पहिलो समलिङ्गी विवाह कानुनी रुपमा दर्ता गर्न सफल समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डेले ५ मत ल्याएका छन्। नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुनबहादुर शाहीको शून्य मत रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १०९ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। आयोगले ८१ स्थानमा रास्वपाले अग्रस्थान लिएको जनाएको छ।

आयोगले सार्वजनिक गरेको मतगणना विवरण अनुसार नेकपा एमालेले ८, नेपाली कम्युनिस्ट पार्टीले ८, नेपाली कांग्रेसले ६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १, प्रगतिशील लोकतान्त्रिक पार्टीले १, श्रम संस्कृति पार्टीले १ तथा स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा अग्रस्थान लिएका छन्।

म्याग्दी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा रहेका छन्।

समाचार शेयर गर्नुहोस्
283
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.