कविता : किसान

कविता : किसान

345
SHARES

धान्नु छ किसानले पूरा यो पृथ्वीलाई,
जान्नु छ मान्छेले प्रकृतिका ती सत्यलाई।

बाँच्न कहाँ सक्छ र खाना बिना जीवन,
भगवानको माया विना बच्न गाह्रो जीवन।

मान्छे मान्छे मारामार भइरहेको बेला,
भोग लागेर मर्न लाग्दा खाना कसले देला।

प्रकृति नै भगवान् हुन्, प्रकृति नै समय,
सास राख्न गाह्रो हुन्छ नगरेमा कमाइ।

साँचो किसान बन, हेर पीडा थाहा हुन्छ,
दुःख अनि वेदनाले सबको मुटु छुन्छ।

के घाम, के पानी—गरिरहन्छ आशा,
बाली छर्ने समयमा घरमा हुन्न बास।

थाहा हुन्न सङ्घर्षलाई कुर्सीमा बसेर,
सक्छौ भने गाउँ फर्क, झुपडीमा पसेर।

राजा भन्दा ठुलो हुन्छ दुःख गर्ने किसानहरू,
परिवर्तन गर्नु पर्छ सोचाइ अनि निशानहरू।

गर्व गर्नु आफूलाई प्रकृतिको साथ हुँदा,
खुसी हुन्न बरु त्यति सबैको हात हुँदा।

साँचै तिमी किसान भए तारा बन्नु है?,
दुनियाँ यो जगतको सहारा बन्नु है?।

जय मानव
जय प्रकृति

धन्यवाद
अमर तामाङ बल

समाचार शेयर गर्नुहोस्
345
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.