कबिता : पवित्र शपथको शुभकामना!!

कबिता : पवित्र शपथको शुभकामना!!

543
SHARES

तिमीले लिएको पवित्र शपथसँगै

नयाँ यात्रा सुरु भइरहेछ,

विश्वासको उज्यालो बोकेर

सेवाको बाटो खुलिरहेछ।१।

शब्दमा मात्र होइन,

कर्ममा सत्य झल्किरहोस्,

जनताको हरेक आशा

तिम्रो निर्णयमा फक्रिरहोस्।२।

देशको लागी अर्पेको यात्रा

हृदयमा जिउँदो रहिरहोस्,

इमान, करुणा र समर्पणले

मार्ग तिम्रो सधैँ सजिरहोस्।३।

तिम्रो पाइला जहाँ–जहाँ पुग्छ,

त्यहाँ विश्वासको दीप बलिरहोस्,

तिम्रो कर्म जहाँ–जहाँ बग्छ,

त्यहाँ सहिदको सपना फुलिरहोस्।४।

जब-जब बाटो कठिन हुन्छ,

त्यी रगतका टाटाले झस्काइरहोस्,

त्यो झस्काइ तिम्रो ऊर्जा बन्नेछ,

त्यही तिम्रो प्रेरणा बनिरहोस्।५।

देशको माटो, जनताको माया

तिम्रो शक्ति बलियो होस्,

शपथको गौरवको क्षण

जीवनको साधना बनिरहोस्।६।

आजको यो सुन्दर पलले

जीवनलाई अर्थ दिइरहनेछ,

तिम्रो सेवा र समर्पणले

देशको भविष्य उज्यालो हुनेछ।७।

यो पनि : कुकुर आलोका शान्तिको बाटो चिन्न सक्छ भने, हामी मानव किन हृदय खोल्न सक्दैनौ..?

समाचार शेयर गर्नुहोस्
543
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.