गुण्डागर्दीमा संलग्न धमाधम पक्राउ, २५ जना नियन्त्रणमा

गुण्डागर्दीमा संलग्न धमाधम पक्राउ, २५ जना नियन्त्रणमा

170
SHARES

काठमाडौँ – नयाँ सरकार गठन भएसँगै प्रहरीको सक्रियता देखिन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न क्षेत्रमा गुण्डागर्दी, लुटपाट तथा यात्रु ठगीमा संलग्न व्यक्तिहरूलाई धमाधम नियन्त्रणमा लिन थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बौद्ध, कलङ्की, बाफल र स्युचाटार क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा श्याम लामा समूहमा सक्रिय रही बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएका प्रविण तामाङ (डिम्पल), कलङ्की–बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन, कलङ्की बस टिकट काउन्टर तथा पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सुजन कार्की, स्युचाटार क्षेत्रमा सक्रिय सरु गुमागाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न विकि लामा रहेका छन्। बौद्द एरियामा सक्रिय उत्तम तामाङ र आशिश तामाङ पक्राउ परेका छन्।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी होटलमा लगेर कमिसन लिने तथा आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने १८ जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा सर्लाही घर भई सिनामंगल बस्ने १८ वर्षीय सुर्य माझी, बाँके घर भई एयरपोर्ट बस्ने २२ वर्षीय एकेश तामाङ, पाँचथर घर भई एयरपोर्ट बस्ने २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय राजकुमार राई र मकवानपुर घर भई एयरपोर्ट बस्ने ४० वर्षीय मङ्गलमान घलान रहेका छन्।

यस्तै पाँचथर घर भई टोखा बस्ने ३८ वर्षीय खगेन्द्र लिम्बु, मोरङ घर भई एयरपोर्ट बस्ने २९ वर्षीय आशिष खतिवडा, मकवानपुर घर भई शम्भुमार्ग बस्ने ३४ वर्षीय बिश्व मोक्तान, धनुषा घर भई एयरपोर्ट बस्ने ४५ वर्षीय बिरेन्द्र झा र सिराहा घर भई तिलगंगा बस्ने ६० वर्षीय लडा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा मोरङ घर भई नयाँबसपार्क बस्ने ४६ वर्षीय पर्सुराम राई, रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ, धनुषा घर भई तिलगंगा बस्ने ५३ वर्षीय रघुबीर शाह, महोत्तरी घर भई तिलगंगा बस्ने ३३ वर्षीय राजिवकुमार रावत र धनुषा घर भई गौशाला बस्ने २६ वर्षीय सरोजकुमार महतो छन्।

यस्तै मकवानपुर घर भई गौशाला बस्ने १९ वर्षीय अजय लामा, झापा घर भई सिनामंगल बस्ने ३९ वर्षीय केशब लिम्बु, बझाङ घर भई सिनामंगल बस्ने २० वर्षीय रामप्रसाद जोशी र बझाङ घर भई कीर्तिपुर बस्ने २९ वर्षीय बिमलराज जोशी पक्राउ छन्।

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ। आपराधिक गतिविधिमाथि कडाइ गर्दै राजधानीमा शान्ति सुरक्षा सुदृढ पार्ने अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
170
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.