अब आइतबार पनि सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

अब आइतबार पनि सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

369
SHARES

काठमाडौँ – सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा देखिएको असहज अवस्थाका कारण चैत २३ गतेदेखि लागू हुने गरी शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार,पेट्रोलियम आपूर्तिमा असहजतालाई मध्यनजर गर्दै प्रशासनिक तथा शैक्षिक कार्यमा सहजता सुनिश्चित गर्न शनिवार र आइतबार बिदा दिने निर्णय गरिएको हो।

बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

इरान र अमेरिका(इजरायल युद्धका कारण नेपालमा पनि इन्धन सङ्कट देखिन थालेको छ। साथै पछिल्लो समय पेट्रोलियम पदार्थमा समेत भारी मूल्यवृद्धि भएको छ। पेट्रोलको भाउ प्रतिलिटर २ सय २ रुपैयाँ पुगिसकेको छ।

आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। शिक्षामन्त्री पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै बैठकले राष्ट्रिय समाचार समितिबाट धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ। एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट ऋण लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

समाचार शेयर गर्नुहोस्
369
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.