र्‍याप शब्द विवादमा वालेनलाई दुई विकल्प

र्‍याप शब्द विवादमा वालेनलाई दुई विकल्प

126
SHARES

काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसंख्यक जेनजी युवा बाबु दुमि राईले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) विरुद्ध व्यक्तिगत आक्षेप नलगाएको स्पष्ट पारेका छन्। “फेरि पनि भन्छु, यो व्यक्तिगत आवाज होइन,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले व्यक्तिगत लाभ वा लोभ पनि नभएको उल्लेख गर्दै लेखेका छन्, “यो समाजमा पितृसत्ताले गाजेको भ्रम, महिलामाथिको विभेद अनि सबै सीमान्तकृत, अल्पसंख्यक समुदायमाथि गरिएको र भइरहने प्रहारप्रति सचेतना मात्र हो।”

शुक्रवार नेपाल प्रहरीको साइबर ब्युरोमा प्रधानमन्त्री वालेनले १२ वर्षअघि गाएको र्‍याप ब्याटलमा प्रयोग भएका शब्द हटाउन राईसहितका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले उजुरी दिएका थिए।

उक्त र्‍याप ब्याटलका शब्दहरूलाई लिएर विवाद बढिरहँदा प्रधानमन्त्री वालेन भने हालसम्म मौन छन्। साइबर ब्युरोले आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ, जसले यस विषयलाई औपचारिक अनुसन्धानको चरणमा प्रवेश गराएको छ।

मायाको पहिचान नेपालमा प्रदेश समन्वय अधिकारीका रूपमा कार्यरत राईले प्रधानमन्त्री वालेनसँग दुईवटा स्पष्ट विकल्प रहेको बताएका छन्।

पहिलो विकल्पमा उनले भनेका छन्, “त्यो समयमा गलत थियो, गलत भएको हो, अहिले त्यस्तो छैन” भनी स्वीकार गर्ने।

दोस्रो विकल्पमा, “त्यो समयमा गल्ती भएको होइन” भन्ने अडान अहिले पनि कायम राख्ने हो भने, अहिलेको सरकारले सीमान्तकृत वर्गलाई देखाएको सपना झुटो भएको र स्वयं नेतृत्व नै असत्यमा आधारित रहेको कुरा स्पष्ट पार्नुपर्ने उनले उल्लेख गरेका छन्।

राईले प्रधानमन्त्री वालेनबाट आउने माफी वा क्षमायाचनालाई कुनै हर्ष उत्सवको रूपमा नभई सम्मान र अभिभावकत्वको अनुभूति गर्ने अवसरका रूपमा लिइने बताएका छन्। “महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अन्य सबै सीमान्तकृत वर्गहरूले त्यसलाई सम्मानका रूपमा लिनेछन्,” उनले लेखेका छन्।

सम्बन्धित समाचार :

वालेनका उग्रसमर्थक र रास्वपालाई तेस्रोलिंगीको चरित्रहत्या गर्ने अभिव्यक्ति नदिन सुनिल बाबुको अनुरोध

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

समाचार शेयर गर्नुहोस्
126
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.