काठमाडौं – जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिरासतमा बस्दै नबसी अस्पतालबाट सिधै घर पुगेका छन्।
चैत १४ मा पक्राउ परेका ओली स्वास्थ्य अवस्थाका कारण एक दिन पनि हिरासतमा बसेनन्। प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो। ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त भएका थिए।
तर, स्वास्थ्य अवस्थाका कारण उनी टिचिङ अस्पतालमा उपचाररत थिए। ओली २२ दिन अस्पताल बसे।
पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिवार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्। शनिवार उनी अस्पतालबाट डिस्चार्ज भएर सिधै घर पुगेका उनको सचिवालयले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.