द पिपुल्स आर्टिस्ट २०२६ मा अर्जुन प्रधान प्रतिस्पर्धामा, दर्शकसँग मतदानको अपिल

द पिपुल्स आर्टिस्ट २०२६ मा अर्जुन प्रधान प्रतिस्पर्धामा, दर्शकसँग मतदानको अपिल

100
SHARES

अमेरिका – संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका पत्रकार, साहित्यकार, तथा सामाजिक अभियन्ता अर्जुन प्रधान प्रतिष्ठित The People’s Artist 2026 प्रतियोगितामा सहभागी भएका छन्। कला, संस्कृति, साहित्य र सामाजिक चेतनाका क्षेत्रमा लामो समयदेखि सक्रिय प्रधानले यस प्रतियोगितामार्फत आफ्नो सिर्जनात्मक यात्रा विश्वसामु प्रस्तुत गरिरहेका छन्।

भुटानमा जन्मिएर नेपाल हुँदै अमेरिका पुगेका प्रधानले पत्रकारिता, सङ्गीत, साहित्य -नाटक तथा सांस्कृतिक संरक्षणका माध्यमबाट नेपालीभाषी समुदायको पहिचान र आवाजलाई निरन्तर उठाउँदै आएका छन्। उनका गीत, गजल, लेख तथा सांस्कृतिक गतिविधिहरूले विश्वभर फैलिएको नेपालीभाषी समुदायलाई जोड्ने कार्य गरेको छ।

प्रतियोगितामा सहभागी भएपछि प्रधानले आफ्ना समर्थक, शुभेच्छुक तथा विश्वभर रहेका नेपालीभाषी समुदायसँग मतदानमार्फत सहयोग गर्न आग्रह गरेका छन्।

उनले भने, “यो केवल मेरो व्यक्तिगत प्रतिस्पर्धा होइन, हाम्रो भाषा, संस्कृति, कला र समुदायको प्रतिनिधित्व गर्ने अवसर पनि हो। तपाईँहरूको एक मतले हाम्रो सामूहिक आवाजलाई अझ बलियो बनाउन सक्छ।”

मतदान गर्न इच्छुक व्यक्तिहरूले प्रतियोगिताको आधिकारिक पृष्ठमा गएर आफ्नो मत दिन सक्नेछन्।

मतदानका लागि: The People’s Artist 2026 – Arjun Pradhan

प्रधानले प्रतियोगितामा आफ्नो सहभागितालाई कला, साहित्य, सङ्गीत र समुदायप्रतिको समर्पणको निरन्तर यात्राको रूपमा लिएको बताएका छन्। उनले सबै शुभेच्छुकहरूलाई आफ्नो अभियानलाई साथ दिन तथा जानकारी साझा गरेर सहयोग गर्न अनुरोध गरेका छन्।

प्रतियोगितामा सहभागिताबारे प्रतिक्रिया दिँदै प्रधानले भने, “यो मेरो व्यक्तिगत प्रतिस्पर्धा मात्र होइन। यो भुटानी नेपाली समुदाय, शरणार्थी जीवनको संघर्ष, नेपाली भाषा-साहित्य र हाम्रो सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अवसर हो। तपाईंहरूको एक मतले हाम्रो सामूहिक आवाजलाई अझ बलियो बनाउन सक्छ।”

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.