कांग्रेसको नयाँ क्रियाशील सदस्यता खुल्ला

कांग्रेसको नयाँ क्रियाशील सदस्यता खुल्ला

285
SHARES

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ सदस्यता खुला गर्ने निर्णय गरेको हो।

कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिन नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ।

स्वदेश तथा विदेशमा रहेका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइट मार्फत सहज र सरल रूपमा क्रियाशील सदस्यता आवेदन फारम भर्न सक्ने कांग्रेसले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
285
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.