रविसँग मोदीको भेट, नेपालसँग सहकार्य गर्न उत्सुक

रविसँग मोदीको भेट, नेपालसँग सहकार्य गर्न उत्सुक

305
SHARES

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन्।

भारत भ्रमणमा रहेका लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने चाहनालाई स्वागत गरेका छन्। “साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने चाहनालाई स्वागत गर्दछु, र त्यसमा पूर्ण रूपमा सहमत छु,” मोदीले एक्समा लेखेका छन्।

प्रधानमन्त्री मोदीले दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि उल्लेख गरेका छन्।

भेटवार्ताका तस्बिर सार्वजनिक गर्दै मोदीले एक्समा लेखेका छन्, “हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो। हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।”

समाचार शेयर गर्नुहोस्
305
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.