दमकमा समावेशी शिक्षाको पहल, शिक्षकहरूमा सकारात्मक बुझाइ

दमकमा समावेशी शिक्षाको पहल, शिक्षकहरूमा सकारात्मक बुझाइ

348
SHARES

झापा – पृथ्वी माध्यमिक विद्यालय, दमकमा लैङ्गिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, लैङ्गिक समानता, मानसिक स्वास्थ्य तथा समावेशी शिक्षासम्बन्धी एकदिने शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको लिड नेपाल झापाले जनाएको छ।

दमक नगरपालिकाको सामाजिक विकास शाखा तथा शिक्षा शाखाको सहयोगमा आयोजित कार्यक्रममा प्रशिक्षक सुमन लामाले लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण तथा लैङ्गिक विविधताबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला)ले नेपालको संविधानले सुनिश्चित गरेका समानता, भेदभावविरुद्धको हक तथा समावेशी शिक्षाको महत्वबारे जानकारी गराइन्।

त्यसैगरी, लिड नेपालका अध्यक्ष सुशील पौडेलले किशोरावस्था, बाल मनोविज्ञान, मानसिक स्वास्थ्य तथा समावेशी शिक्षाको आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए।

विद्यालयका प्रिन्सिपल विष्णु राईले विद्यालयमा विविधताको सम्मान, विभेदरहित वातावरण तथा सबै विद्यार्थीका लागि सुरक्षित र समावेशी शिक्षण अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी शिक्षकहरूमा विषयवस्तुप्रति सकारात्मक बुझाइ अभिवृद्धि भएको तथा यसले समावेशी र समानतामूलक शिक्षा प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

समाचार शेयर गर्नुहोस्
348
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.