रविको नेतृत्वमा रास्वपाको नयाँ टोली

रविको नेतृत्वमा रास्वपाको नयाँ टोली

201
SHARES

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको चार वर्षपछि पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। चितवनमा भएको महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएसँगै पार्टीले सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो।

पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत रूपमा चयन गरेको छ। यसअघि खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनले केन्द्रीय सदस्य र अन्य पदाधिकारी भने निर्वाचन प्रक्रियाबाट चयन गरेको हो।

शुक्रवार भएको दोस्रो चरणको मतदानबाट महिला उपसभापतिमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै सोबिता गौतम निर्वाचित भएकी छन्।

महामन्त्रीमा विपिनकुमार आचार्य विजयी भए। महामन्त्री पदका लागि मनिष झा, सागर ढकाल र गणेश कार्की पनि प्रतिस्पर्धामा थिए। खुला सहमहामन्त्रीमा असिम साह र हरि ढकाल निर्वाचित भए भने महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भइन्।

महाधिवेशन प्रतिनिधिहरूले मतदानमार्फत ९९ जना केन्द्रीय सदस्य चयन गरेका छन्। खस आर्य समूहबाट डा. स्वर्णिम वाग्ले, सोबिता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना (न्यौपाने), हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाईँ, निशा डाँगी, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, सस्मित पोखरेल, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, हिमेश पन्त, जगदीश खरेल (दोलखा), लीमा अधिकारी आचार्य, सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वोर कार्की, प्रकृति ढकाल, टिका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशीला कार्की पोखरेल, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा बस्नेत, सुष्मा बस्नेत, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, पार्वती थापा, पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा, कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक, शर्मिला खनाल, विनीता कठायत, मेनुका शाही, प्रकाश न्यौपाने, हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानीका जोशी, चन्द्र ऐर (चाँदनी) र प्रमोद न्यौपाने निर्वाचित भएका छन्।

आदिवासी जनजाति समूहबाट विराजभक्त श्रेष्ठ, इन्दिरा राना मगर, मिलन लिम्बु, शङ्कर श्रेष्ठ, मिङ्गा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुशुम महर्जन, सुजाता तामाङ, अनिता श्रेष्ठ, विष्णुकुमारी गुरुङ र टासी ल्हाङ्गजोम निर्वाचित भएका छन्।

मधेशी समूहबाट मनिष झा, असिम साह, निशा मेहता, बब्लु गुप्ता, अरविन्द साह, दिपककुमार साह, जुली यादव, कामनी कुमारी चौधरी, सुनिताकुमारी यादव, नमिता यादव, मञ्जु सिंह र अंकितकुमार यादव निर्वाचित भएका छन्।

दलित समूहबाट रिमा विश्वकर्मा, खगेन्द्र सुनार, विजय जैरु, शिव नेपाली, सविना बिक, खिमा बिक र सिता वादी निर्वाचित भएका छन्।

थारू समूहबाट गीता चौधरी, करिष्मा कठरिया र अशोककुमार चौधरी निर्वाचित भएका छन् भने मुस्लिम समूहबाट समिना मियाँ र रहवर अन्सारी निर्वाचित भएका छन्।

गत असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा रास्वपाको केन्द्रीय सदस्य पदका लागि २ हजार ९५९ मत खसेको थियो। निर्वाचन आयोगका अनुसार पदाधिकारीतर्फ भने केही प्रतिनिधि मतदान नगरी फर्किएपछि १ हजार २८९ मत मात्रै खसेको थियो। यसअनुसार केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारीतर्फ १ हजार ६७० जना कम प्रतिनिधिले मतदान गरेका थिए।

समाचार शेयर गर्नुहोस्
201
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.