संसदमा आवाज उठेपछि भुटानी शरणार्थी आशावादी

संसदमा आवाज उठेपछि भुटानी शरणार्थी आशावादी

272
SHARES

काठमाडौँ – भुटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति भुटानले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा भुटानी शरणार्थीको विषय उठाइदिएकोमा आफूहरू धेरै खुसी र आशावादी भएको बताएका छन्।

जनमञ्चका महासचिव डि.बी. सुब्बा र मेलमिलाप समितिका संयोजक कृष्णवीर तामाङले आउँदा दिनमा पनि भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषय तार्किक निष्कर्षमा नपुगुन्जेल सम्बन्धित नेपाल सरकार तथा सरोकारवाला निकायसमक्ष बारम्बार उठान गरिदिन निवेदन गरेका छन्।

उनीहरूले झापाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शरणार्थी शिविरमा आश्रय पाएका शरणार्थीहरूलाई सम्मानपूर्वक आफ्नै देश भुटान फर्कन पाउने व्यवस्था हुनुपर्ने र त्यसका लागि नेपाल सरकारको तर्फबाट भुटान सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक वार्ता र छलफल सञ्चालन गरी आफ्नो देश भुटान फर्कन पाउने वातावरण सिर्जना हुने नीति–निर्णय गरिदिनका लागि विगतका नेपाल सरकारदेखि वर्तमान सरकारसम्म पटकपटक निवेदन गर्दै आएको उल्लेख गरेका छन्।

तर आफ्नो निवेदनको न्यायोचित सुनुवाइ नभएको शरणार्थी शिविरका भूतपूर्व सचिवसमेत रहेका सुब्बाले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
272
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.