सुर्खेतमा खड्का निकट नेताहरूको यू-टर्न, सदस्यता अद्यावधिक सुरु

सुर्खेतमा खड्का निकट नेताहरूको यू-टर्न, सदस्यता अद्यावधिक सुरु

192
SHARES

काठमाडौं – नेपाली काँग्रेसको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरूले धमाधम अद्यावधिक गर्न थालेका छन्।

निवर्तमान उपसभापति खड्काको दबाबमा अहिलेसम्म सदस्यता अद्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरू अव भने अद्यावधिक गराउने निर्णयमा पुगेका हुन्।

अद्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले सबै पालिकामा अद्यावधिकका लागि स्थानीय प्रतिनिधिहरूलाई समेत खटाएको छ भने उनीहरूलाई अद्यावधिकका बारेमा प्रशिक्षण समेत दिएको छ।

बिहीबार खड्काका अति विश्वासपात्र मानिने नेपाली काँग्रेस सुर्खेतका सभापति खड्ग बहादुर पोखरेलले अद्यावधिक गर्नु भएको अद्यावधिक अभियानका लागि खटिएका काँग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिए।

जिल्ला सभापतिले नै अद्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरूलाई अद्यावधिक गराउने अभियान सुरु गरेका हुन्। सदस्यता अद्यावधिक अभियानका लागि आगामी २७ गतेसम्म म्याद थप्न पनि नेपाली काँग्रेस सुर्खेतले समय माग गरेको छ। पार्टीका जिल्ला सचिवद्धय देवकुमार सुवेदी र बालदिप कँडेलले केन्द्रीय कार्यालयलाई संयुक्त निवेदन लेख्दै अद्यावधिकको समय २७ गतेसम्म थप गर्न माग गरेका हुन्।

जिल्लामा रहेर सक्रिय राजनीति गर्दै आएका पार्टीका कर्णाली प्रदेश महामन्त्री निरञ्जन केसी, कोषाध्यक्ष खगिसरा आचार्य लगायतका दर्जनौँ नेता कार्यकर्ताहरूले पनि बिहीबार अद्यावधिक गरेको केन्द्रीय प्रतिनिधि पोखरेलले बताए।

सुर्खेतमा काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा तथा नेता डा. शेखर कोइराला निकट नेता कार्यकर्ताहरूले यसअघि नै अद्यावधिक गरे पनि खड्का निकट नेता कार्यकर्ताहरूले अद्यावधिक गरेका थिएनन्। तर निवर्तमान उपसभापति खड्काले पार्टीमा सहमतिको वातावरण गराउने भन्दा पार्टी फुटाउने भूमिका खेलेको भन्दै उनको साथ छोडेको सङ्केत गरेका छन्।

खड्का निकटकै नेता कार्यकर्ताहरूले अहिले उनको आदेशलाई अस्वीकार गर्दै धमाधम सदस्यता अद्यावधिक गर्न लागेका हुन्। सुर्खेतमा काँग्रेसको सदस्यता अद्यावधिकका लागि पर्सी २७ गतेसम्म मात्रै म्याद भएकाले अहिले अद्यावधिक गर्नेहरूको सङ्ख्या एक्कासि बढेको केन्द्रीय प्रतिनिधि पोखरेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.