केशव र इब्सलको आवाजमा रसुवामा ‘भाङ्गे झरना’

केशव र इब्सलको आवाजमा रसुवामा ‘भाङ्गे झरना’

577
SHARES

कालीकाेट – गायक तथा सर्जक केशव अधिकारीको नयाँ नेपाली लोकदोहोरी गीत रसुवामा ‘भाङ्गे झरना’ आइतबार सार्वजनिक भएको छ। केशव एडीके अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा केशव अधिकारी र चर्चित लोकदोहोरी गायिका इब्सल सञ्ज्यालको सुमधुर स्वर रहेको छ।

गीतको शब्द तथा सङ्गीत केशव अधिकारीले सिर्जना गरेका हुन्। सङ्गीत संयोजन मदन सफिक्सले गरेका छन्। गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडियो काठमाडौँमा गरिएको हो। गीतमा गोपाल देवको बाँसुरी, पोषण राज घर्तीको मादल तथा धर्म गन्धर्वको सारङ्गीको मिठास समेटिएको छ।

गीतको भिडियो उमेश कार्की (यूके)को निर्देशनमा तयार गरिएको हो। भिडियोमा केशव अधिकारी र इब्शल सञ्ज्यालको अभिनय रहेको छ भने छायाङ्कन मरुभूमि नारायण, सम्पादन उमेश कार्की (यूके) तथा मेकअप सरोज पाण्डेले गरेका छन्।

गीतको भिडियोमा रसुवाको भाङ्गे झरना र कालीकोटको पचाल झरनाका मनमोहक दृश्यहरू समेटिएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी दुई प्रसिद्ध झरनाको दृश्यलाई गीतमार्फत प्रस्तुत गरिएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको गायक तथा सर्जक केशव अधिकारीले बताए।

लोकदोहोरी सङ्गीतसँगै प्राकृतिक सम्पदाको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको यो गीतले झरनाको प्रचारप्रसारका साथै सम्बन्धित क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने विश्वास निर्माण पक्षले लिएको छ।

‘भाङ्गे झरना’ गीत आइतबारदेखि केशव एडीके अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भई दर्शक तथा श्रोतामाझ उपलब्ध भएको छ।

भिडियो हेर्नुहोस् :

समाचार शेयर गर्नुहोस्
577
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.