कर्णालीमा तीन सातापछि सरकार विस्तार, नेकपालाई अझै सकस

कर्णालीमा तीन सातापछि सरकार विस्तार, नेकपालाई अझै सकस

124
SHARES
तस्बिर : मानबहादुर/पहिचान

कालीकाेट – नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन सातापछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। सत्तारुढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै एमालेका तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार साँझ एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईंले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, जितबहादुर मल्ल सामाजिक विकासमन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका छन्।

सत्तारुढ एमाले र नेकपाबीच बुधबार दिउँसो मात्रै मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। भागबन्डाअनुसार एमालेले तीन मन्त्रालय पाउने सहमति भएको हो। लामो समयदेखि मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुअघि नै दुई दलबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। सहमतिपछि एमालेले आफ्ना मन्त्रीको नाम टुङ्गो लगाएर सरकारमा सहभागी गराएको हो।

यद्यपि, सरकारमा सहभागी हुने अर्को सत्तारुढ दल नेकपाले भने अहिलेसम्म आफ्ना मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन।

समाचार शेयर गर्नुहोस्
124
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.