‘आरक्षणको समाचार आयो, कार्यान्वयन भएन’, प्रदेश प्रमुखसँग लिड नेपालको छलफल

‘आरक्षणको समाचार आयो, कार्यान्वयन भएन’, प्रदेश प्रमुखसँग लिड नेपालको छलफल

83
SHARES

मोरङ – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसँग लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले पहिचानसहितको अधिकार, आरक्षण, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक समावेशिताका विषयमा छलफल गरेको छ। विभेदमुक्त समाज निर्माण गर्दै जिएसएम समुदायलाई समान अधिकार र अवसर सुनिश्चित गर्नुपर्ने विषयमा पनि छलफल भएको लिड नेपालले जनाएको छ।

लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाको नेतृत्वमा जिएसएम राजनीतिक अभियन्ताहरूसहितको टोलीले प्रदेश प्रमुख खापुङसँग छलफल गरेको हो।

कोशी प्रदेशमा जिएसएम समुदायका लागि निजामती सेवामा प्रवेश गर्न २ प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयन नभएको विषय प्रदेश प्रमुख खापुङसमक्ष राखेको कार्यकारी निर्देशक चञ्चलाले बताइन्। ‘आरक्षणको समाचार सार्वजनिक भए पनि समावेश गरेको पाएका छैनौँ,’ उनले भनिन्, ‘आरक्षणको विषय कार्यान्वयनबारे स्पष्ट रूपमा आउन सकेको छैन।’

प्रदेश प्रमुख खापुङले जिएसएम समुदायबारे चासो लिएर जिज्ञासा समेत राखेका थिए। जिएसएम समुदायको राजनीतिक समावेशितासहितका अधिकारबारे प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको लिड नेपालले जनाएको छ।

लिड नेपालले कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियार सन्ध्यालाई भेटेर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका समस्या, आवश्यकता, हक–अधिकार तथा आगामी दिनमा समुदायका लागि गर्नुपर्ने महत्त्वपूर्ण कामहरूका विषयमा कुराकानी तथा छलफल गरेको थियो।

जिएसएम समुदायलाई पनि राज्यका सेवा, अवसर र विकासका प्रक्रियामा समान रूपमा समेट्दै समुदायको हितका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको लिड नेपालकी कार्यकारी निर्देशक चञ्चलाले बताइन्। विभेदमुक्त समाज निर्माणका लागि जिएसएम समुदायको समान अधिकार र सामाजिक समावेशिता सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा पनि लिड नेपालले जोड दिएको छ।

लिड नेपालले राज्यमन्त्रीमा नियुक्त परियारलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.