कोषको कार्यकारी निर्देशकमा कार्की

कोषको कार्यकारी निर्देशकमा कार्की

193
SHARES

काठमाडौँ – नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।

उदयपुरका स्थायी बासिन्दा कार्कीलाई २०८३।०५।०३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट निवृत्त भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए। उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए।

राष्ट्र बैङ्कका अतिरिक्त नेपाल ग्रामीण विकास बैङ्क र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ।

कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैङ्किङ एन्ड फाइनान्स (एम.बि.एफ) गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

उनले केन्द्रीय बैङ्किङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
193
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.