कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

247
SHARES

काठमाडौँ – नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रवार पदबहाली गरेका छन्। पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए।

साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्‍याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने बताए।

कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रही सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए। उनलाई नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३।०५।०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

समाचार शेयर गर्नुहोस्
247
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.