काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबार दिउँसोसम्म ९ सय १९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, चितवनमा २ सय ७९ जना, गोरखामा ६२ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा २ सय १२ जना र नवलपरासी पश्चिम १ सय ५५ जना गरी ९ सय १९ जनाको शव फेला परेको हो।
प्रहरीले बाढीको जोखिममा रहेका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गरिरहेको जनाएको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.