ग्लोबल आइएमई बैङ्कको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैङ्कको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

181
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ।

बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई बैङ्कको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। हाल बैङ्कले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

समाचार शेयर गर्नुहोस्
181
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.