भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार

114
SHARES

काठमाडौँ – भोटेकोशी बाढीले तहस–नहस पारेको १० औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षाफौजले सुरुङभित्र फसेका दुई जनाको सकुशल उद्धार गरेको हो।

उद्धार हुनेमा सञ्जय शाह, मेकानिकल फोरम्यान र कबीर महर्जन, मेकानिकल सुपरभाइजर हुन्। दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ।

भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुरुङ तथा मुख्य संरचनामा समेत क्षति पुर्‍याएको थियो। बाढीले सुरुङको प्रवेशमार्ग लेदो, माटो, ठूलाठूला ढुङ्गा तथा बगाएर ल्याएका संरचनाका भग्नावशेषले पुरिएपछि त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीहरू फसेको आशङ्का गरिएको थियो।

बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा फसेका प्राविधिक तथा कर्मचारीसम्म पुग्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक तथा सुरुङ विज्ञसहितको टोली निरन्तर उद्धार प्रयासमा जुटेको थियो। जुन प्रयासले दुई जनाको सकुशल उद्धार भएको छ।

भदौ १९ गते बिहान सुरुङभित्रबाट आवाजसमेत सुनिएको थियो। उद्धार टोलीले सुरुङभित्र पुगेर ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

बाढी आएको १० दिनपछि भएको यो उद्धारलाई सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीको खोज तथा उद्धार अभियानमा महत्त्वपूर्ण सफलताका रूपमा लिइएको छ। सञ्जय शाह र कबीर महर्जनको सकुशल उद्धारसँगै सुरुङभित्र अझै रहेका भनिएका अन्य व्यक्तिको अवस्थाबारे पनि खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

समाचार शेयर गर्नुहोस्
114
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.