चितवन – तेस्रोलिंगी भनेर सुन्नु भएको छ, उहाँ थर्डजेण्डर हुनुहुन्छ। शारीरिक रूपमा हेर्दा व्युटीफूल मेन। तेस्रोलिंगीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएको छ, आयोजकले लैङ्गिक तथा यौनिक अल्पसंख्यक जिएसएम समुदायकी राजनीतिक अभियन्ता सञ्जीवनी लामा (सन्ध्या)लाई चिनाए।
सर्वोत्कृष्ट परियोजना ड्रिम टिमको चार दिने सेमिनारमा सहभागी सन्ध्यालाई आयोजकले आफ्नो प्रणालीबारे जानकारी दिँदै त्यसलाई बुझेर, सिकेर र पछ्याउँदै अगाडि बढ्न आग्रह गरे। समाजले तेस्रोलिंगी व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै फरक रहेको उल्लेख गर्दै उक्त दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको आयोजकले बताए।
कार्यक्रमका सहजकर्ता मुकेश श्रेष्ठले त्यसका लागि समुदायसँग आफूहरूको साथ र सहयोग रहने बताए। श्रेष्ठले सन्ध्याले नितान्त पवित्र सोच लिएर व्यवसायिक यात्राको सुरुवात गरेको भन्दै निरन्तरता दिन आग्रह गरे।
नयाँ बाटो रोजेर अगाडि बढेकी सन्ध्याले अब आफ्नो क्षमता र कामबाट आफूलाई प्रमाणित गरेर देखाउने विश्वास उनले व्यक्त गरे। सन्ध्या फरक पहिचान बोकेकी व्यक्ति भए पनि फरक तरिकाले आफ्नो सुरुवात गर्दै अघि बढेको र सफलतामार्फत त्यसलाई प्रमाणित गर्न सक्ने विश्वाससमेत उनले व्यक्त गरे।
तेस्रोलिंगी समुदायका व्यक्तिहरूले जीविकोपार्जनका लागि अरूको घरमा माग्न जाने वा विभिन्न समारोहमा नाच्नुपर्ने परम्परागत र बाध्यात्मक अवस्थाबाट माथि उठ्नुपर्नेमा पनि श्रेष्ठले जोड दिए। श्रेष्ठले तेस्रोलिंगीलाई आफ्नै क्षमता र सीपका आधारमा अघि बढेर आफूहरू पनि सफल हुन सक्छौँ भन्ने दृढ आत्मविश्वास निर्माण गर्नुपर्ने बताए। राम्रो सोच र सकारात्मक दृष्टिकोणका साथ निरन्तर अघि बढे सफलताको बाटो पहिल्याउन सकिने श्रेष्ठको भनाइ थियो।

सन्ध्याले आफ्नो पहिचान स्थापित गर्नेदेखि सामाजिक जीवनमा अघि बढ्नेसम्म लामो सङ्घर्ष र चुनौती भोग्दै आएकी छन्। तेस्रोलिंगी व्यक्तिहरूका लागि पहिचानकै विषयमा परिवार, समाज र राज्यका विभिन्न तहमा सङ्घर्ष गर्नुपर्ने अवस्था रहँदै आएको छ। लैङ्गिक पहिचानकै कारण घर–परिवारबाट अस्वीकार, समाजबाट विभेद, अवसरमा असमान पहुँच तथा राज्यका संरचनाबाट पर्याप्त अवसर नपाउने अवस्थाले उनीहरूको यात्रा अझ कठिन बनाउने गरेको छ।
पहिचानका लागि बाह्य समाजसँग सङ्घर्ष गर्नुपर्ने अवस्थासँगै आफ्नै समुदाय भनिने व्यक्तिहरूबाट समेत असहयोग, आलोचना, आक्रमण वा अवरोध सामना गर्नुपर्ने अवस्था तेस्रोलिंगी व्यक्तिहरूले भोग्दै आएका छन्। यस्तो बहुआयामिक चुनौतीकाबीच पनि उनीहरू आफ्नो क्षमता, सीप र प्रतिभालाई प्रयोग गर्दै शिक्षा, राजनीति, नेतृत्व, रोजगारी तथा व्यवसायिक क्षेत्रमा अघि बढ्ने प्रयासमा छन्।
यही प्रयासको एउटा उदाहरणका रूपमा सन्ध्याले व्यवसाय, नेतृत्व विकास र व्यक्तित्व विकाससँगै सफलताको सही मार्ग पहिल्याउने प्रयास अघि बढाएकी छन्। विगतका चुनौतीलाई कमजोरीका रूपमा मात्र नहेरी आफूभित्र रहेको प्रतिभा र क्षमतालाई अवसरमा बदल्ने प्रयासमा उनी छिन्।
आयोजकले पनि सन्ध्या धेरै चुनौती भोगेर यहाँसम्म आइपुगेकी व्यक्ति भएको उल्लेख गर्दै उनको प्रतिभा र क्षमतालाई अझ प्रभावकारी रूपमा प्रयोग गरेर अगाडि बढ्न प्रोत्साहित गरेका थिए। सन्ध्याजस्ता तेस्रोलिंगी व्यक्तिले आफ्नो क्षमता प्रमाणित गर्दै व्यवसायिक क्षेत्रमा समेत उदाहरण बन्न सक्ने बताएका थिए।

सन्ध्याले आफूलाई व्यवसाय, नेतृत्व विकास, व्यक्तित्व विकास तथा सफलताको सही मार्गबारे धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्रदान गरेको बताइन्। उनका अनुसार, यो वेलनेस प्रोजेक्टमा पार्टटाइम वा फुलटाइम दुवै रूपमा आफ्नो समयअनुसार काम गर्न सकिन्छ। विद्यार्थी, गृहिणी, बेरोजगार, कर्मचारी तथा व्यवसायी सबैका लागि यो उत्कृष्ट अवसर हुन सक्छ, उनले भनिन्।
उनका अनुसार, व्यवसायिक अवसर र सीप विकासमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयास तेस्रोलिंगी समुदायका व्यक्तिहरूका लागि महत्त्वपूर्ण हुन सक्छ। लामो समयदेखि घर, परिवार, समाज र राज्यका विभिन्न अवसरबाट पछाडि पारिँदै आएका व्यक्तिहरूले आफ्नै क्षमता र मेहनतबाट व्यवसायिक पहिचान निर्माण गर्नु उनीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणसँग पनि जोडिएको विषय हो।
तेस्रोलिंगी व्यक्तिहरूलाई केवल अधिकार, संरक्षण वा सामाजिक सहयोगको आवश्यकता पर्ने समुदायका रूपमा मात्र हेरिनु नहुने र उनीहरू आफैँ अवसर सिर्जना गर्न, व्यवसाय सञ्चालन गर्न, नेतृत्व गर्न तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने क्षमताका व्यक्ति हुन् भन्ने सन्देश पनि सन्ध्याको प्रयासले दिन्छ।
सन्ध्याले भनिन्,’यदि तपाईँ पनि कुनै अतिरिक्त लगानी बिना आफ्नो भविष्यलाई उज्ज्वल बनाउन, नयाँ सीप सिक्न, आयको अवसर सिर्जना गर्न र सकारात्मक सोचसहित अगाडि बढ्न चाहनुहुन्छ भने, आउनुहोस् हामीसँग सफलताको यात्रामा अघि बढौँ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.