ग्लोबल आइएमई बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

69
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मङ्गलवार बसेको बैङ्क सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालबाट बैङ्किङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैङ्कमा आबद्ध छन्।

उनले बैङ्कको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

उनी बैङ्कको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत हुन्।

रेग्मीले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क हो। बैङ्कले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको बैङ्कले जनाएको छ।

साथै, यस बैङ्क विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
69
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.