भोटेकोशी बाढी प्रभावितलाई मेडिकेटेड झुल सहयोग

भोटेकोशी बाढी प्रभावितलाई मेडिकेटेड झुल सहयोग

105
SHARES

नुवाकोट – भोटेकोशी बाढी प्रभावितका लागि आरएस फाउन्डेसनले चौथो पटक राहत सामग्री हस्तान्तरण गरेको छ। फाउन्डेसनले नुवाकोटको विदुर नगरपालिकामार्फत बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि २ हजार थान मेडिकेटेड झुल सहयोग गरेको जनाएको छ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका स्वयंसेवकहरूको टोलीले आरएस फाउन्डेसनको तर्फबाट भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका बासिन्दालाई लक्षित गरी २ हजार थान मेडिकेटेड झुल सहयोग गरेको हो।

बाढी प्रभावित क्षेत्रमा लामखुट्टे तथा अन्य विषालु किराको टोकाइबाट हुन सक्ने जोखिमबाट स्थानीय बासिन्दालाई जोगाउन सहयोग पुर्‍याउने उद्देश्यले औषधियुक्त झुल हस्तान्तरण गरिएको रविन्द्र सिटौलाले जानकारी दिए।

सिटौलाका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा लामखुट्टे तथा अन्य किराको जोखिमबाट स्थानीय बासिन्दालाई सुरक्षित राख्न मेडिकेटेड झुल उपयोगी हुने अपेक्षासहित सहयोग गरिएको हो।

झुल विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको र नगरपालिकाको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारलाई वितरण हुने विश्वास फाउन्डेसनले गरेको छ।


विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीसँगै उद्योग वाणिज्य सङ्घ नुवाकोट तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा चौथो पटक झुल सहयोग गरिएको फाउन्डेसनले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै फाउन्डेसनले यसअघि पनि राहत सामग्री सहयोग गर्दै आएको जनाएको छ। बाढी प्रभावितहरूको आवश्यकताअनुसार आगामी दिनमा पनि अन्य सहयोग गर्न आफूहरू तत्पर रहेको फाउन्डेसनले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
105
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.